नक्साल तरकारी बजारमा क्युआर भुक्तानी गर्नेलाई सानिमा बैंकले ‘क्यास ब्याक’ दिने

नक्साल तरकारी बजारमा क्युआर भुक्तानी गर्नेलाई सानिमा बैंकले ‘क्यास ब्याक’ दिने


बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि नयाँ अफर ल्याएको छ । अब बैंकका ग्राहकले नक्सालको तरकारी बजारमा सजिलो ई-बैंकिङ्ग मार्फत क्युआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याक प्राप्त गर्ने भएका हुन् ।   

यो योजना २०७८ फाल्गुनदेखि २०७९ बैशाख मसान्त सम्मका लागि लागू हुनेछ । नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले मचेन्टसँग क्युआर स्क्यान गरी भुक्तानी गर्दा प्रति कारोबार २ प्रतिशत वा अधिकतम रु २० तथा मासिक अधिकतम पाँच सयसम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । क्यास ब्याक बापतको रकम बैंकले आगामी महिना ग्राहकहरुको खातामा जम्मा गरिदिने बताएको छ । 

क्यास ब्याक वापत रकम आगामी महिनाको पहिलो हप्ता ग्राहकको खातामा जम्मा गरिनेछ । ग्राहकहरुले Playstore/Appstore बाट सानिमा सजिलो ई-बैंकिङ्ग एप डाउनलोड गरी नजिकैको शाखाबाट कारोबार सुचारु गर्न सक्नेछन् ।

हाल सानिमा बैंक देशका शाखा देशका सातै प्रदेशमा १२३ वटा छन्। त्यस्तै बैंकका १०३ वटा एटिएम छन् ।