लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख बढि कित्ता संस्थापक शेयर विक्रीमा, संस्थापक बाहेक अन्य व्यक्तिले खरिद गर्न सक्ने

लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख बढि कित्ता संस्थापक शेयर विक्रीमा, संस्थापक बाहेक अन्य व्यक्तिले खरिद गर्न सक्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले आइतवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक बाहेकका अन्य व्यक्ति तथा संस्थाले खरीद गर्न सक्ने गरी उक्त शेयर विक्रीमा ल्याएको जानकारी दिएको हो । शेयरको मूल्य प्रतिकित्ता रू. २५० मा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ ।

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरु तथा अन्य व्यक्ति तथा संस्थाले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र निवेदन पेश गर्न अनुरोध गरेको छ ।