एनसीसी बैंकका ग्राहकलाई सोल्टी होटेलमा विशेष छुट

एनसीसी बैंकका ग्राहकलाई सोल्टी होटेलमा विशेष छुट


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक)का ग्राहकहरुले सोल्टी होटेलमा विशेष छुट पाउने भएका छन् । बैंकले काठमाडौंमा अवस्थित सोल्टी इन्टरप्राइजेज प्रा.लि संग ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता गरेको हो । 

सम्झौता अनुसार  बैंकका ग्राहकहरुले काठमाडौंमा अवस्थित सोल्टी होटल र नेपालगञ्जमा अवस्थित सोल्टी वेस्टण्ड प्रिमियरमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा फुण्ड एण्ड बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्ने छन् । साथै सोल्टी इन्टरप्राइजेज अन्तर्गत संचालनमा रहेका अन्य होटलहरुमा समेत यो छुट प्राप्त हुनेछ । यस सम्झौता अन्तर्गत बैंक र इन्टरप्राइजेज बीच प्रबर्दनात्मक कार्यक्रमहरु समेत संचालन गर्ने सहमति भएको बैंकले जनाएको छ ।

बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।