एनसीसी बैंकको ४ लाख ५३ हजार बढी कित्ता संस्थापक शेयर विक्रीमा

एनसीसी बैंकको ४ लाख ५३ हजार बढी कित्ता संस्थापक शेयर विक्रीमा

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) ले ४ लाख ५३ हजार ९३ कित्ता संस्थापक शेयर फागुन १३ गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले विभिन्न सदस्यहरुको नाममा रहेको उक्त शेयर विक्रीका लागि शुक्रवार ३५ दिने सचुना जारी गरेको छ । 

यो शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउनेछन् । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको अवधिभित्र बैंकको केन्द्रिय कार्यालय बागबजार, काठमाडौंमा निवेदन दिनुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।