नेपाल पुनर्बीमा कम्पनीको नगद लाभांश वितरण

नेपाल पुनर्बीमा कम्पनीको नगद लाभांश वितरण

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल पुनर्बीमा कम्पनीले नगद लाभांश लाभांश वितरण गरेको छ। कम्पनीले २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी पश्चात पहिलो पटक यस वर्ष कुल १९ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीको पुस २२ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाले १६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २ दशमलव ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।

बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात् वितरण गर्ने बताएको कम्पनीले नगद लाभांश भने सम्बन्धित शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो ।
कम्पनीले पुस १३ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिसकेको जानकारी दिदैं त्यस पश्चात शेयर अभौतिकीकरण गराउनेहरुको हकमा क्रमशः जम्मा गर्दै जाने कम्पनीको शेयर रजिष्ट्रर आरबीबी मर्चेन्ट बैंकिङ्ले जनाएको छ।