मितेरी डेभलपमेण्ट बैंकको बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा

मितेरी डेभलपमेण्ट बैंकको बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
मितेरी डेभलपमेण्ट बैंकले यस वर्षका लागि पारित गरेको १३ दशमलव ३० प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले गत पुस २८ गते १६औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । फागुन ११ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गरी कम्पनीले उक्त बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।  

बैंकले पुस १४ गतेसम्म आफ्नो शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा बोनस शेयर जम्मा गरिसकेको जानकारी दिएको हो । त्यसपछि शेयर अभौतिभीकरण गराउँने सदस्यहरुको हकमा क्रमश बोनस शेयर जम्मा गरिने समेत बैंकले भनाई छ । कम्पनीले बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश समेत दिएकाले सदस्यहरुले कर वापतको रकम तिर्नुपर्नेछैन् । 

यस वर्ष गत वर्षभन्दा बैंकले १ दशमलव ७९ प्रतिशत कम लाभांश वितरण गरेको हो । गत वर्ष बैंकले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । साधारण सभा प्रयोजनका लागि बैंकले पुस १४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकले लाभांश प्राप्त गर्नेछन् ।