सांग्रिला डेभलपमेन्ट बैंकको ११० औं शाखा मगरागढी, बर्दियामा

सांग्रिला डेभलपमेन्ट बैंकको ११० औं शाखा मगरागढी, बर्दियामा

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै जयनगर (मगरागढी), बारवर्दिया नगरपालिका वडा नं. ६, बर्दियामा नयाँ शाखा संचालनमा ल्याएको छ ।

बैंकले विहिवार सो शाखा संचालनमा ल्याएको हो । जयनगर (मगरागढी) शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । 

यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ११० पुगेको छ र आजको यस शाखाको उद्घाटन बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गा बहादुर थारु (कबिर) तथा यस बैंकका अध्यक्ष अच्यूत प्रसाद प्रसाईद्वारा सामुहिक रुपमा गरेका थिए ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ । बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको छ ।