नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ता दिपक थापालाई सम्मान

नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ता दिपक थापालाई सम्मान

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल लाइफ इन्स्योरेन्स् कोटेश्वर शाखाले अभिकर्ता दिपक थापालाई सम्मान तथा बधाई दिएकाे छ । २०२०/२०२१ र २०२१/२०२२ मा लगातार दुई वर्ष नेपाल लाइफ, कोटेश्वरबाट दिपक थापा अन्तरराष्ट्रिय संस्था MILLION DOLLAR ROUND TABLE (MDRT) अन्तर्गत दोस्रो तह (COT) COURT OF THE THE TABLE बाट सम्मान पाएकोमा नेपाल लाइफले शुभकामना व्यक्त गरेकाे हाे।

बुधवार एक कार्यक्रम आयोजना गरी शाखा प्रमुख ज्ञानेन्द्र मान तुलाधरले दिपक थापा जीवन बीमा व्यवसायमा लगनशील भई नेपाल लाइफ, कोटेश्वरबाट २०२०/२०२१ मा १६ औं स्थान र २०२१/२०२२ मा ५ औं स्थानमा रहेको जानकारी गराउँदै २०२२/२०२३ मा ह्याट्रिक गर्न शुभकामना दिएका छन् ।

उक्त कार्यक्रममा अनुज कुमार झा (वरिष्ठ सहायक), प्रियंका कार्की (सहायक), गोविन्द प्रसाद भट्टराई (वरिष्ठ एजेन्सी मैनेजर), रुपक न्यौपाने (एजेन्सी मैनेजर) र जानुका कार्की (एजेन्सी मैनेजर)का साथै कर्मचारीहरुले पनि बधाई तथा शुभकामना दिएका छन् ।