राष्ट्र बैंकले वोमी र सूर्योदय लघुवित्तलाई मर्जरका लागि दियो अन्तिम स्वीकृती

राष्ट्र बैंकले वोमी र सूर्योदय लघुवित्तलाई मर्जरका लागि दियो अन्तिम स्वीकृती

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकले फागुन ५ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको जानकारी कम्पनीले नेप्से मार्फत गराएको हो ।

यी दुई कम्पनी १ बराबर १ शेयर आदानप्रदान गर्ने गरी मर्जरमा जान लागेका हुन । गत भदौ १५ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता गरेको कम्पनीहरुलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति पश्चात एक हुने बाटो खुला भएको छ ।

वोमी लघुवित्तको चुक्तापूँजी रू. ४९ करोड ४३ लाख ३३ हजार रहेको छ भने सूर्योदय लघुवित्तको रू. २९ करोड ७६ लाख ५१ हजार रहेको छ । यस वर्ष सूर्योदय लघुवित्त र वोमी लघुवित्तले एउटै अनुपात अर्थात २० प्रतिशत बोनस शेयर वितरण गरेका हुन ।