नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकममा सामान्य सुधार

नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकममा सामान्य सुधार

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार उच्च अंकको गिरावट भएको छ । आज नेप्से ५८.९९ अंकले घटेर २ हजार ६ सय ६१ दशमलब ४४ विन्दुमा रोकिएको हो । बुधबार नेप्से १५.५० अंकले घटेर २ हजार ७ सय २० दशमलब ४३ विन्दुमा रोकिएको थियो ।     

त्यस्तै, आज शेयर बजार घटेपनि कारोबार रकम भने बढेको छ । आज ४ अर्ब २९ करोड ३८ लाख बराबरको कारोबार भएको छ । बुधबार ३ अर्ब १३ करोड १२ लाख बराबरको कारोबार भएको थियो ।           

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ९.९१ प्रतिशतले बढेर प्रतिकित्ता ७६५ रुपैयाँ पुगेको छ । 

त्यस्तै, आज चार कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । शेयरमूल्य घट्ने कम्पनीहरुमा न्यादी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, नयाँ सारथी लघुवित्त, सिद्धार्थ इन्स्यारेन्स कम्पनी रहेको छ । यी कम्पनीको शेयरमूल्य पाँच प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेशनल हाइड्रोपावर कमपनीको भएको छ । यस कम्पनीको आज २६ करोड ९७ लाख भन्दा बढीको कारोबार भएको छ ।