किन घटिरहेको छ रेमिट्यान्स ?

किन घटिरहेको छ रेमिट्यान्स ?

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कोरोना महामारीको प्रभाव कम हुदै गएको र वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको बेला अनौैठो ठंगले रेमिट्यान्स घट्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा जम्मा ४ खर्ब ६८ अर्ब ४५ करोड रुपैंयामा मात्रै रेमिटे्न्स भित्रिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.५% ले घटेको छ । तर यो अवधीमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वकृति उल्लेख्य रुपमा वृद्धि भई १ लाख ६७ हजार ५ सय १३ पुगेका छन् । साउन यता मासिक २ अर्ब भन्दा कम रेमिट्यान्स आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

औसतमा मासिक ७८ अर्ब रुपैंया रेमिट्यान्स आइरहेको बैंकको तथ्यांकले देखाउछ । विगतका बर्षको तुलनामा यस बर्ष रेमिट्यान्स लगातार घटिरहनुमा क्रिप्टोकरेन्सी र नेटवर्किङ्गमा लगानीको कारण हुन सक्ने अनुमान रहेको छ ।

यस बिषयमा बेल्दै नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्ट भन्छन् "रेमिट्यान्सका स्रोत मुलुकहरु भनै अथवा श्रम गन्तव्यमा आर्थिक कृयाकलापहरु सुस्त थिए त्यसैले श्रमीकहरु कम थिए र दोस्रो पक्ष भनेको पछिल्लो समय किप्टो लगायतका अनौपचारिक कारोबारहरु फस्टाएको छन् भन्ने आशंका बढेको छ । त्यसले पनि रेमिट्यान्सलाई बैकिङ्ग प्रणालीबाट आउन कमि ल्याएको हुन सक्छ ।"

अर्थतन्त्रको खम्बा मानिने रेमिट्यान्सको गिरावटले भुक्तानी सन्तुलनमै प्रभाव पारेको छ । रेमिट्यान्सले आयात धान्न नसक्ने अवस्थाको असर अर्थतन्त्रसम्म प्रत्यक्ष देखिन थालेको छ ।

यस विषयमा बोल्नुहुदै च्याम्बर अफ कर्मसका वरिष्ट उपाध्यक्ष कमलेश अग्रवाल भन्नुहुन्र्छ "रेमिट्यान्समा हुने चुहावटहरुलाई कसरी नियन्त्रण गर्ने, अहिले औपचारिक अर्थतन्त्रको माध्यमबाट आउन पर्ने रेमिट्यान्स नै आएको छैन । अहिलेसम्म हाम्रोमा जम्मा रेमिट्यान्स कति आउनुपर्ने हो ? हाम्रा नेपाली दाजुभाई बाहिर श्रमिक भएर काम गरेका छन् उनीहरुले वास्तविक कति आम्दानी गरेका छन्, हामीसँग त्यसको तथ्याङ्क समेत छैन । हाल जुन मात्रामा रेमिट्यान्स आइरहेको छ त्यो भन्दा बढी आउनुु पर्ने हो । निति नियमहरु सरल र सहजीकरण गरेर रेमिट्यान्स प्रवाह बढाउनु पर्ने हो ।"

गत आर्थिक वर्ष २०७७/७८ मा ९ खर्ब ६१ करोड रुपैंया रेमिट्यान्स आएको थियो । चालु आर्थिक वर्षको सुरु देखि नै रेमिट्यान्स आय घटिरहेको छ । पछिल्लो छ महिनाको तथ्यांक हेर्दा यो वर्ष गत वर्ष भन्दा कम रेमिट्यान्स भित्रने अनुमान रहेको छ ।