राष्ट्र उत्थान लघुवित्तको आईपीओ आज बाँडफाँट हुने

राष्ट्र उत्थान लघुवित्तको आईपीओ आज बाँडफाँट हुने

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्र उत्थान लघुुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ फागुन १२ गते बिहीवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा दिउसो ३ बजे आईपीओ बाँडफाँटको तयारी भएको हो । फागुन ४ गतेदेखि ८ गतेसम्म विक्री भएको कम्पनीको आईपीओमा मागभन्दा ३८ दशमलव ३० गुणा बढी आवेदन परेको छ । 

अन्तिम दिनसम्ममा २६ लाख २६ हजार ९० जना आवेदकहरुबाट ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता शेयर खरिद मागभएको हो । यो तथ्याङ्क भने अन्तिम बाँडफाँटमा फरक पर्ने जानकारी विक्री प्रबन्धकले दिएको छ ।

कम्पनीले जारी पूँजीको ३२ दशमलव ६९ प्रतिशत हुन आउने कुल रू. ८ करोड ५० लाख बराबरको प्रति साधारण शेयर रू. १०० अंकित दरका ८ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । जसमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १३ हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानीकोषहरुमा बाँडफाँट गरिएको छ । 

यी बाहेक बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको हो । बिहीवार सार्वजनिक निष्कासनमार्फत बिक्री भएको शेयर बाँडफाँट हुने भएको हो । कम्पनीको आईपीओ ७९ हजार ४५० जना आवेदकले मात्र १० कित्ताका दरले पाउनेछन् ।

यस कम्पनीको अधिकृत पूँजी रू. ५० करोड रहेको छ भने जारी पूँजी रू. २६ करोड छ । हाल रू. १७ करोड ५० लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात् चुक्तापूँजी रू.२६ करोड पुग्नेछ ।