नेशनल हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेशनल हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (फागुन १२ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात फागुन १३ गते बुकक्लोज गर्दैछ ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले फागुन ३० गते, सोमबार, अनलाइनको माध्यमबाट भर्चुअल रुपमा काठमाडौँ नगरपालिका वडा नं. १०, विनायकनगर, नयाँ बानेश्वरमा २५ औँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजी १ अर्ब ३८ करोड ५१ लाख ८६ हजार २०० रुपैयाँको १९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। प्रस्तावित लाभांशमध्ये १८.५२ प्रतिशत बोनस शेयर रहेको छ भने ०.९७ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ ।

यसका साथै सभाले बोनस वितरणपश्चात कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात १० बराबर ५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने, सुनकोशी हाइड्रोपावर कम्पनीलाई १०० बराबर २५ को शेयर स्वाप रेशियोमा प्राप्ति गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।