एलआईसी नेपालको वार्षिक साधारण सभा सम्पन्न, २० प्रतिशत बोनस लाभांश प्रस्ताव पारित

एलआईसी नेपालको वार्षिक साधारण सभा सम्पन्न, २० प्रतिशत बोनस लाभांश प्रस्ताव पारित

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको पारित गरेको छ।

सभाले प्रस्तावित २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी १ दशमलव ०५२६ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै, सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह सम्बन्धी प्रस्तावसमेत पारित गरेको छ।

प्रस्तावित बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डासमेत पारित गरेको छ । साथै, सभाले १०% संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव पनि पारित गरेको छ।