प्रभु लाइफ इन्स्योरेन्सको साधारण सभा चैत ६ मा, लगानीकर्ताको हात खाली

प्रभु लाइफ इन्स्योरेन्सको साधारण सभा चैत ६ मा, लगानीकर्ताको हात खाली


बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सेयरधनीले यो वर्ष लाभांश नपाउने भएका छन् ।

इन्स्योरेन्स कम्पनीले बिना लाभांश आगामाी वार्षिक चैत ६ गते चौंथो वार्षिक साधारण सभा आह्वान गरेको हो । कम्पनीले आव २०७६/७७ बाट कुनै पनि लाभांश वितरण नगरी सभा बोलाएसँगै इन्स्योरेन्सका लगानीकर्ताको यो वर्ष पनि हात खाली भएको हो ।

नयाँ जीवन बीमा कम्पनीहरु ज्योति लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले आव २०७६/७७ बाट लाभांश वितरण गरेकाले प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरु पनि लाभांश पाउने आशामा रहेका थिए । तर कम्पनी सञ्चालक समिमितको फागुन ९ गते सम्पन्न सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय नगरी चौथो वार्षिक सभा बोलाएको हाे । सभा चैत ६ गते आइतबार होटल रेडिसन, लाजिम्पाट, काठमाण्डौंमा बिहान ११ बजे आह्वान गरिएको छ ।

यो वर्ष कम्पनीले साधारण सभामा लाभांश वितरण सम्बन्धी एजेन्डा राखेको छैन् । सोही कारण हात खाली हुने भएपछि लगानीकर्ता निराश भएका छन् ।