मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत

मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको १३ दशमलव ३० प्रतिशत बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

बैंकले उक्त बोनस शेयर बापतको १० लाख ६० हजार ५११ दशमलव ३३ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो । बैंकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट साविकको चुक्तापूँजी रू. ७९ करोड ७३ लाख ७६ हजारको आधारमा उक्त बोनस शेयर वितरण गरेको हो ।

बोनस पश्चात् कम्पनीको चुक्तापूँजी रू. ९० करोड ३४ लाख २८ हजार पुगेको छ । बैंकले बोनस शेयर कर प्रयोजनका लागि लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश समेत दिएकाले शेयरधनीहरुले कर तिर्नुपर्ने छैन । बैंकको गत पुस २८ गते सम्पन्न १६औं वार्षिक साधारण सभाले यस वर्षको लाभांश पारित गरेको थियो ।

धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात बैंकले सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गर्नेछ । बिहीवारदेखि कारोबार योग्य हुने बैंकको बोनस शेयर सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।