मौद्रिक नीतिले गर्दा ६ महिनामा साढे ६ अर्ब रुपैयाँले घट्यो सेयरधितो कर्जा

मौद्रिक नीतिले गर्दा ६ महिनामा साढे ६ अर्ब रुपैयाँले घट्यो सेयरधितो कर्जा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोकर्जामा जाने ऋण ६.२ प्रतिशतले घटेको छ ।

राष्ट्र बैंकका अुनसार चालु आवको ६ महिनामा ६ अर्ब ५७ करोड ५४ लाख रुपैयाँले घटेर २५ अर्ब २९ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको ६ महिनाको अवधिमा १ करोड रुपैयाँभन्दा बढीले सेयर धितो कर्जा पनि घटेको छ । पुस मसान्तसम्म यस्तो कर्जाको सीमा १५ प्रतिशत अर्थात् ११ अर्ब १ करोड ६० लाख रुपैयाँले घटेको छ । पुस मसान्तसम्म बैंकहरुले १ करोडभन्दा बढी १७ अर्ब ७१ ६९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा लगानीकर्ताले सेयर धितो राखेर एउटा बैंकबाट ४ करोड रुपैयाँ र सम्पूर्ण बैंकिङ क्षेत्रबाट १२ करोड रुपैयाँमात्र कर्जा लिन पाउने व्यवस्था गरेपछि १ करोडभन्दा बढी कर्जाको सीमा घटेको हो ।

यस्तै ५० लाखदेखि १ करोड रुपैयाँसम्म सेयर धितोमा जाने कर्जा ८ प्रतिशत अर्थात् ९६ करोड ११ लाख रुपैयाँले बढेर २ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ पुगेको छ भने २५ देखि ५० लाख रुपैयाँसम्मको सेयर धितोमा जाने कर्जा १६.६ प्रतिशत अर्थात् २ अर्ब ४४ करोड ४ लाख रुपैयाँले बढेर ३ अर्ब ५२ करोड २८ लाख रुपैयाँ पुगेको छ ।

सेयर धितो राखेर २५ लाख रुपैयाँभन्दा कम कर्जा लिनेको संख्या धेरै छ । ६ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाबाट २५ लाख रुपैयाँभन्दा कम सेयर धितोमा जाने कर्जा १७.१ अर्थात् १ अर्ब २५ करोड ९० लाख रुपैयाँले बढेर १ अर्ब १९ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।