पाँचथर पावर कम्पनीको लकिङ्ग अवधि सकिँदै, अब सबै प्रकारका शेयर सर्वसाधारण सरह कारोबार गर्न सकिने

पाँचथर पावर कम्पनीको लकिङ्ग अवधि सकिँदै, अब सबै प्रकारका शेयर सर्वसाधारण सरह कारोबार गर्न सकिने

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
पाँचथर पावर कम्पनीको शेयरमा लागू हुने लकिङ्ग पिरियड फागुन २३ गतेदेखि सकिने भएको छ । कम्पनीको संस्थापक शेयर, आयोजना प्रभावित स्थानिय वासिन्दा र कर्मचारीहरुलाई निष्काशन गरेको शेयरको लकिङ्ग पिरियड सकिन लागेको हो ।

लकिङ्ग पिरियड सकिएपछि कम्पनीको संस्थापक शेयर, आयोजना प्रभावित स्थानि वासिन्दामा बाँडफाँट भएको शेयर र कर्मचारीहरुको लागि बाँडफाँट भएको शेयर पनि फागुन २३ गतेदेखि सर्वसाधारण सरह कारोबार हुने भएको छ । कम्पनीले संस्थापकहरुलाई निष्काशन गरेको ७७ लाख कित्ता शेयर दोस्रो बजारमा सर्वसाधारणमा खरिदबिक्रीको लागि परिणत भएको हो ।

यस्तै, आयोजना प्रभावित स्थानि वासिन्दामा बाँडफाँट भएको एक लाख ७४ हजार ७५० कित्ता र कर्मचारीहरुको लागि बाँडफाँट भएको ९ हजार ५९८ कित्ता पनि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

कम्पनीले १४.९ मेगावाट क्षमताको हेवा खोला ए जलविद्युत आयोजना निर्माण गरेको थियो ।