नयाँ सारथी लघुवित्तले घोषणा गर्‍यो लाभांश

नयाँ सारथी लघुवित्तले घोषणा गर्‍यो लाभांश

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १० गते मंगलवार बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १९ प्रतिशत बोनस शेयर र २०७७ असोज ५ गतेपछि कायम शेयरधनीलाई बोनसमा कर लाग्ने भएको कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साविक सारथी लघुवित्त वित्तीय संस्था र नयाँ नेपाल लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) प्रकृया सम्पन्न गरी नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड) को नामबाट एकीकृत कारोबार प्रारम्भ भएको मिति २०७७ असोज ५ गतेपश्चात शेयर खरीद गरेका शेयरधनीहरुको हकमा प्रचलित आयकर ऐन, २०६३ को दफा ४७ (क) बमोजिम आयकर लाग्ने भएकोले उक्त करयोग्य बोनस शेयरको कर प्रयोजनको लागि कम्पनीले नगद लाभांश दिन लागेको हो । 

प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्विकृति पश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुले प्राप्त गर्नेछन् ।