ज्योति विकास बैंकको ११ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

ज्योति विकास बैंकको ११ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा


बैंकिङ्ग समाचार, काठमाडौं ।
ज्योति विकास बैंक लिमिटेडले पुस २३ गते पारित गरको ११ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा गरिदिएको छ ।

धितोपत्र दोस्रो बजारमा फागुन २ गते सूचीकृत गराईसकेको उक्त बोनस शेयर कम्पनीले कारोबार गर्न मिल्ने गरी सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । 

पुस ८ गतेसम्म शेयर अभौतिकीकरण गराइसकेका सदस्यहरुको बोनस शेयर हितग्राही खातामा जम्मा गरिसकेको जानकारी दिंदै कम्पनीले त्यस पश्चात शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हकमा पनि क्रमशः बोनस शेयर जम्मा गरिने बताएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले गत पुस २३ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट ११ प्रतिशत बोनससँगै कर प्रयोजनका लागि समेत ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको थियो । 

कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को वितरणयोग्य रकम रू. ५९ करोड ६९ लाख ३८ हजार ८१८ बाट हाल कायम चुक्तापूँजी रू. ३ अर्ब ८४ करोड ४८ लाख २२ हजारको आधारमा उक्त लाभांश वितरण गरेको हो । 

कम्पनीको यस वर्षको लाभांश हालसम्मकै उच्च हो ।