नेष्डो समृद्ध लघुवित्तको आईपीओ आजदेखि निष्काशन

नेष्डो समृद्ध लघुवित्तको आईपीओ आजदेखि निष्काशन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आज, बुधबारदेखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । लघुवित्तले जारी पूँजी २५ करोड ५० लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

त्यसमध्ये ०.५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ७ लाख ७४ हजार ५६३ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तको अधिकृत पूँजी ५० करोड रुपैयाँ, जारी पूँजी २५ करोड ५० लाख रुपैयाँ र चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ । सर्वसाधारणलाई ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

लघुवित्तको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्युअर रेटिङ्ग डबल बी प्लस’ रेटिङ्ग प्रदान गरेको छ । यसले संस्थाको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।

लघुवित्तले रेटिङ्ग एजेन्सी इक्रा नेपालले २०७८ जेठ १० गते रेटिङ्ग प्रदान गरेको थियो । उक्त रेटिङ्गको अवधि एक वर्ष अर्थात २०७९ जेठ ९ गतेसम्म कायम रहनेछ ।