२ वाणिज्य बैंककाे बाेनस नेप्सेमा सूचिकृत

२ वाणिज्य बैंककाे बाेनस नेप्सेमा सूचिकृत

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) २ वाणिज्य बैंकको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार आज ग्लोबल आईएमई बैंक लिमिटेड र प्रभु बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।

ग्लोबल आईएमई बैंक लिमिटेडकाे १० प्रतिशत बोनस बापतको २ कराेड १६ लाख ३२ हजार ५ सय ३ दशमलव ०३ कित्ता सेयर सूचिकृत भएको हो ।

ग्लोबल आईएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

यस्तै, प्रभु बैंक लिमिटेडकाे १२ प्रतिशत बोनस बापतको एक कराेड ३६ लाख १६ हजार ४ सय ६८ दशमलव ७६ कित्ता सेयर सूचिकृत भएको हो ।

प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२ं.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।