नेप्सेमा २ कम्पनीको बोनस सूचिकृत, कुनको कति ?

नेप्सेमा २ कम्पनीको बोनस सूचिकृत, कुनको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस बापतको ८ लाख ७६ हजार ८ सय १२ कित्ता सेयर सूचिकृत भएको हो ।

संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । उक्त लाभांश मंसिर १६ गते सम्पन्न भएको संस्थाको बाह्रौँ वार्षिक साधारण सभाले पारित गरिसकेको छ । 

त्यसैगरी, बुटवल पावर कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको २९ लाख ४९ हजार ६ सय ६३ कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त लाभांश पौष २६ गते सम्पन्न भएको कम्पनीको २९औँ वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।