बैंकिङ्ग समाचार, काठमाडौं ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले १९औं वार्षिक साधारण सभा फागुन ११ गते गर्ने भएको छ । सभा एलआईसी शिक्षालय हल नक्साल काठमाडौंमा बिहान ११ः१५ बजे शुरु गर्ने जानकारी गराएको छ । सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।
त्यसैगरी आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रकि निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । साथै संस्थापक शेयरधनीहरुको स्वामित्व १० प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गर्ने र सोही अनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारीत गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २४ गते देखि फागुन ११ गतेसम्म बुक क्लोज गर्ने जानकारी गराएको हो । यस अनुसार माघ २३ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कोरोना महामारीका कारण साधारण सभा भर्चुअल माध्यमबाट हुने जानकारी दिएको छ ।
प्रतिक्रिया