कर्णाली डेभलपमेन्ट बैंकको १७ औं वार्षिक साधारण सभा फागुन २० मा हुने

कर्णाली डेभलपमेन्ट बैंकको १७ औं वार्षिक साधारण सभा फागुन २० मा हुने

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कर्णाली डेभलपमेन्ट बैंकले १७ औं वार्षिक साधारण सभा फागुन २० गते गर्ने भएको छ ।

सभा कल्पतरु होटल, नेपालगञ्जमा दिउँसो १ बजे शुरु हुने जानकारी गराएको हो । सभाले २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका माघ २८ गतेदेखि फागुन २० गतेसम्म बन्द गर्ने जानकारी दिएको छ । यस आधारमा माघ २७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

कोरोना भाइरसका कारण सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले जानकारी दिएको छ ।