महुली लघुवित्तको ५ हजार कित्ता संस्थापक शेयर विक्रीमा

महुली लघुवित्तको ५ हजार कित्ता संस्थापक शेयर विक्रीमा

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ हजार कित्ता संस्थापक शेयर आज (मंगलवार) देखि विक्रीमा आएको छ ।

कम्पनीले विजुली प्रसाद चौधरीको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय सप्तरीमा पुग्ने गरी निवेदन दिनुपर्नेछ ।

पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरुबाट यो शेयर खरीदको आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री प्रकृया अघि बढ्ने जानकारी कम्पनीले दिएको छ ।