एनएमबि बैंकको १ लाख ४७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

एनएमबि बैंकको १ लाख ४७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि बैंक लिमिटेडले १ लाख ४७ हजार ९३७ कित्ता संस्थापक शेयर फागुन १० गते (मंगलवार) देखि विक्रीमा ल्याएको छ । बैंकले शेयरधनीहरु मान बहादुर फागुनको नाममा रहेको ५० हजार ९३७ र दयाराम भट्टराईको नाममा रहेको ९७ हजार कित्ता संस्थापक शेयर विक्रीका लागि मंगलवार ३५ दिने सुचना जारी गरेको हो ।

यी शेयर खरिदका लागि बैंकले पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरुलाई दिएको छ । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्ने बैंकको भनाई छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने यी शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री प्रकृया अघि बढाईने जानकारी समेत बैंकले दिएको छ ।