राष्ट्र उत्थान लघुवित्तको आईपीओमा मागभन्दा ३८ गुणा बढी आवेदन, २६ लाख बढीले भरे आईपीओ

राष्ट्र उत्थान लघुवित्तको आईपीओमा मागभन्दा ३८ गुणा बढी आवेदन, २६ लाख बढीले भरे आईपीओ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा कुल २६ लाखभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबारसाँझ साढे ५ बजेसम्ममा २६ लाख २६ हजार ९० जना आवेदकबाट ३ अर्ब ४ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता शेयरको लागि आवेदन परेको हो । उक्त आवेदन ३८.३० गुणाले बढी हो ।

राष्ट्र उत्थान लघुवित्तले फागुन ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने हिजो (फागुन ८ गते) अन्तिम दिन थियो । लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।

जसमध्ये जारी पूँजीको शून्य दशमलव ५ प्रतिशत अर्थात् १३ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको, ५ प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । यी बाहेक बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणमा विक्री गरेको हो ।

इक्रा नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने 'डबल बी' रेटिङ प्रदान गरेको छ । कम्पनीको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

उक्त कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ रहेको छ भने जारी पूँजी २६ करोड रुपैयाँ छ । तत्काल चुक्तापूँजी १७ करोड ५० लाख रुपैयाँ रहेकोमा यस आईपीओमार्फत सर्वसाधारणलाई ८ करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्कासन पश्चात् कम्पनीको चुक्तापूँजी २६ करोड रुपैयाँ पुग्नेछ ।