आज नेप्सेमा ३९.४० अंकको भारी गिरावट

आज नेप्सेमा ३९.४० अंकको भारी गिरावट


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार भारी अंकको गिरावट आएको छ । आज नेप्से ३९.४० अंकले घटेर दुई हजार ६ सय ९३ दशमलब १० विन्दुमा झरेको हो । त्यस्तै, आज ४ अर्ब ८ करोड ६४ लाख बराबरको कारोबार भएको छ ।    

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीहरुमा तेह्रथुम पावर कम्पनी र युनाइटेड इदी मर्दी हाइड्रोपावर रहेको छ । आज तेह्रथुमको शेयरमूल्य ८.६४ प्रतिशतले बढेर प्रतिकित्ता ६ सय ७९ रुपैयाँ पुगेको छ भने युनाइटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७५९ रुपैयाँ पुगेको हो ।   

त्यस्तै, आज नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड इन्स्योरेन्स, रु रु जलविदुत परियोजना र प्रिमियर इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी जीवन विकास लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको आज ५८ करोड २ लाख भन्दा बढीको कारोबार भएको छ ।