सनराइज बैंक सहित ३ बैंक र १ लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

सनराइज बैंक सहित ३ बैंक र १ लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
आइतवार नेप्सेमा चार ओटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

गुराँस लाइफ इन्स्योरेन्स, नेपाल बङ्गलादेश बैंक, लक्ष्मी बैंक र सनराइज बैंकको बोनस शेयर सूचीकृत भएको हो ।

गुराँस लाइफ इन्स्योरेन्सको १० लाख ८६ हजार ६५४ कित्ता बोनस शेयर, नेपाल बङ्गलादेश बैंकको १ करोड ८ लाख ५ हजार ७८५ दशमलव ४३ कित्ता, लक्ष्मी बैंकको ८५ लाख ५६ हजार ५५१ दशमलव ९ कित्ता र सनराइज बैंकको ६३ लाख ९ हजार ४३ दशमलव शून्य ९ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अब यो शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।