पारदर्शीताका लागि इन्टरनेट बैंकिङ्गः डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीको बिचार

पारदर्शीताका लागि इन्टरनेट बैंकिङ्गः डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीको बिचार


बैंकिङ्ग क्षेत्रमा प्रविधिको प्रयोगले ठूलो चमत्कार नै ल्याएको छ । प्रविधिका कारण घरमै बसी–बसी सम्पूर्ण कारोबार गर्न सकिन्छ । पछिल्लो दशकमा बैंकहरुले शेयर कारोबार, बीमा सेवा तथा लगानीका विभिन्न क्षेत्र र बजारका अन्य सुविधाहरु पनि बैंकबाटै लिन सकिने आधुनिक प्रविधिहरु भित्र्याएका छन् । बैंकमा खाता खोल्न, रकम जम्मा गर्न र भुक्तानी गर्न आधुनिक प्रविधिका कारण सहज बनेको छ । यसले गर्दा लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यकारी अवस्थाको उजागर गरेको छ । इन्टरनेट बैंकिङ्ग मार्फत विभिन्न ठाउँमा भुक्तानी, किनमेल गर्न सम्भव भएको छ । यसकारण विशेषगरी प्रदेश र स्थानीय तहमा हुने साना साना भ्रष्टाचार निर्मुल बन्ने देखिन्छ । पारदर्शीताको हिसाबले पनि यो अति नै अब्बल छ । प्रविधिबाट प्रयोग गरी गरिएको कारोबार पनि सवल र विश्वसनीय रहेको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटी बताउँछन् । प्रस्तुत छ इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताका र बैंक तथा वित्तिय संस्थाहरुका लागि उनले दिएको सुझवः

नेपालमा इन्टरनेट बैंकिङ्ग सेवा सुरु भएको धेरै भएको छैन । तर, छोटै अवधीमा पनि यसले लोकप्रियता कमाएको छ । एटीएम कार्डमार्फत जुनसुकै समयमा पनि एउटा कार्ड छिराएको भरमा आफ्नो खाता रहेको पैसा निकाल्न सकिन्छ । यस्तै डेबिट र क्रेडिट कार्डमार्फत पनि पैसा निकाल्न र वस्तु सेवा खरिद गर्न सहज भएको छ । यसको प्रयोग गर्दा समयको बचत हुन्छ । पैसा निकाल्न लाइनमा बस्नु पर्दैन । साथै अहिले अधिकांश बैंकहरुले अनलाइन बैंक खाता पनि संचालनमा ल्याएका छन् । देश तथा विदेशमा रहेका ग्राहकहरुले अनलाइन बैंकिङ्ग मार्फत सजिलै खाता खोल्न सक्नेछन् ।

यस्तो प्रकारको खाता शुन्य मौज्दातमा खोल्न सकिने छ । ब्यालेन्स हेर्न, स्टेटमेन्ट हेर्न र प्रीन्ट गर्न, नयाँ चेक बुकको अनुरोध गर्न, हराएको चेक रोक्का गर्न, विभिन्न बीलहरुको भुक्तानी गर्न इन्टरनेट बैंकिङबाट सकिन्छ । बैँक तथा वित्तीय संस्थाले आफ्नो कारोबार ग्रामीण तहसम्म विस्तार गर्नका लागि मोबाइल बैँकिङ कारोबार सुरु गरेका छन् । मोबाइल एप्लिकेशनहरु मार्फत मोबाइलबाट नै बैँकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका कामहरु गर्न सकिन्छ । मोबाइल बैँकिङ चौबिसै घण्टा उपलब्ध हुन्छ । पैसा ट्रान्सफर गर्ने, बिलहरु भुक्तानी गर्ने लगायतका सेवाहरु यस बैंकिङ्गमा उपलब्ध छ । गोजीमा बोक्ने पर्स जस्तै अब मोबाइलमा नै वालेट बोक्न मिल्ने भएको छ । कुनै पनि बैंकमा रहेको आफ्नो खाताबाट मोबाइल बैंकिङ्ग वा कार्डको माध्यमबाट वालेटमा पैसा राखी अनलाइन पेमेन्ट, रिचार्ज लगायतका सुविधा प्रयोग गर्न सकिन्छ । एसएमएस बैंकिङ्ग मोबाइल बैंकिङ्गकै एउटा रुप हो । यो सेवा अन्तर्गत बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई एसएमएसमार्फत विभिन्न जानकारी गराउने गर्दछन् ।

आफ्नो खातामा भएको कारोबार एसएमएसमार्फत जानकारी पाउने व्यवस्था यसमा हुन्छ । अहिले नेपालमा शाखारहित बैंकिङ्ग सेवा निकै प्रभावकारी ढंगबाट संचालित छ । बैंकहरुले आफ्नो भौतिक शाखा बिना बैंककै कर्मचारीहरुलाई एजेण्टको रुपमा प्रयोग गरी दुर्गम तथा गाउँगाउँमा दिने बैंकिङ्ग सेवा नै शाखारहित बैंकिङ्ग सेवा हो । अहिले बैंकहरुले रियल टाइममा नै खाता खोल्न मिल्ने गरी ब्रान्चलेस बैंकिङ्ग सेवा उपलब्ध गराउन थालिसकेका छन् । त्यती मात्रै कहाँ हो र पस मेसिनको माध्यमबाट बिना नगद कारोबार गर्न सकिन्छ । यस्तो मेसिनहरु व्यापारिक केन्द्रहरुमा राखिएको हुन्छ ।

त्यहाँबाट ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डको प्रयोगबाट रकम भुक्तानी गरी सामान तथा सेवा खरिद पनि गर्न सक्छन । दैनिक उपभोग्य सामान किन्ने पसल, डिपार्टमेन्टल स्टोरहरु, ठूलाठूला सपिङ मलहरु, होटल, सिनेमा हल लगायतमा यसको प्रयोग बढेको छ । यस्तै अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुले एक अर्काको खातामा भुक्तानी दिन र लिन गरिने कारोबार एवं फछर्यौट व्यवस्थापनका लागि सञ्चालन गरिएको भुक्तानी प्रविधि हो । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले यो प्रविधि नेपालमा भित्र्याएको हो । यस्ता खाले सेवाले नेपाली बैंकिङ्ग क्षेत्रलाई शसक्त ढंगबाट अगाडी बढाएको छ । यसले गर्दा आम जनमानसलाई पनि अत्यान्तै सहज भएको छ । तर, यसमा वित्तिय  शक्षरताको कमीले गर्दा कतिपय जनताले यसलाई विश्वसनीय नमानेको पाइएको छ । यसको पनि विस्तारै विकास हुँदै जानेछ । 

प्रविधिको प्रयोगमा ह्याकिङ्गको चिन्ता 

विगतको तुलनामा अहिले बैंकिङ क्षेत्र अहिले शसक्त ढंगबाट अगाडी बढेका छन् । बैंकमा अत्यान्तै पारदर्शीता कायम भएको छ । समस्या नआएका भने होइनन् । एटिएमा ह्याकिङ देखि खाता नै स्वीफट गरेर पैसा चोर्ने कामहरु पनि भए । तर समयमानै अपराधीहरु पक्राउ परे । त्यसैले देखिएका समस्याहरु समयमा नै समाधान भएका छन् । सुरक्षा संवेदशलितमा ध्यान नदिएको भए त त्यती छिटै अपराधी पक्राउ पर्दैनथ्यो हो । यस्ता घटनाहरु बैंकले छिटो थाहा पाएरै त हो । तर यस्ता घटनाबाट हामी सधैं सजग रहनपर्छ । सतर्कता अप्नाउनुपर्छ । हामीले बारम्बार बैंकलाई आइटी क्षेत्रमा लगानी गर्न सुझाव दिएका छौं । विस्तारै बैंकहरुले पनि यसको कार्यनवयन गरेका छन् । यसलाई अझ सहज र सवल बनाउनको लागि बैंकहरुले राम्रा सफ्टवयरको प्रयोग गर्न जरुरी छ ।

आम जनताले पनि आफुले कारोबार गर्ने पासवर्ड बलियो राख्नुहोला । यस्ता घटना हाम्रोमा मात्रै घटेका छैनन् । बंगलादेशको केन्द्रय बैंकमै स्वीफ्ट हेयाकिङ भयो । भारतमा पनि यस्ता घटना कति भए । अमेरिकामा पनि यस्ता काम कति भए । त्यसकारण यस्ता घटनाहरुबाट बच्नका लागि हामीले के वाइ सी फर्म भर्न जरुरी छ । यस्ता बैंकिङ अपराध न्युनीकरणका लागि के वाइ सी फर्म अहिले अनिवार्य गरिएको छ । यस्ता खालका कुरामा ध्यान दिएमा आगामी दिनमा यसको न्युनीकरण गर्न सहज हुनेछ ।  बैंकिङ्ग समाचारका लागि मनोज रेग्मीले गरेको कुराकानीमा आधारित