सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन: पदाधिकारीले नै लिए ४९ प्रतिशतभन्दा बढी ऋण


काठमाडौं – सहकारीको सञ्चालक समितिका पदाधिकारीहरूले नै संस्थाबाट ४९ प्रतिशतभन्दा बढी पदाधिकारीहरूले संस्थाबाट ऋण लिने गरेको पाइएको छ। सहकारी क्षेत्रमा देखिएका समस्या र अनियमितताका सम्बन्धमा अध्ययन गर्न गठित ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदनका अनुसार, सञ्चालक समितिका पदाधिकारीहरूले नै संस्थाबाट  ४९ प्रतिशतभन्दा बढी पदाधिकारीहरूले संस्थाबाट ऋण लिने गरेको बताएको हो। 

त्यस्तै, एउटैव्यक्तिलाई एकैदिनमा ४९ लाख रुपैयाँ र ५१ लाख रुपैयाँ गरी १ करोडभन्दा बढी ऋण प्रवाह गरिएको तथा एक व्यक्तिलाई १४ करोड रुपैयाँसम्म ऋण उपलब्ध गराइएको तथ्य पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदनमा ऋण हानी कोषमा पर्याप्त रकम व्यवस्था नगरी कृत्रिम रूपमा नाफा देखाएर लाभांश वितरण गरिएको विषयलाई पनि गम्भीर कैफियतका रूपमा औँल्याइएको छ।

यसैगरी, केही संस्थाले कारोबारको अभिलेख दुई फरक सफ्टवेयरमा छुट्टाछुट्टै राख्ने गरेको, तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर बचत सङ्कलन तथा ऋण प्रवाह गरेको तथा संस्थाका पदाधिकारीहरूले आफू, परिवारका सदस्य र नजिकका नातेदारलाई ऋण दिने गरेको समेत पाइएको छ।