महालक्ष्मी विकास बैंकको स्थगित साधारण सभा फागुन १३ गते आह्वान, २० प्रतिशत बोनस लाभांश प्रस्ताव अनुमोदन गर्ने

महालक्ष्मी विकास बैंकको स्थगित साधारण सभा फागुन १३ गते आह्वान, २० प्रतिशत बोनस लाभांश प्रस्ताव अनुमोदन गर्ने

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंक लिमिटेडले फागुन १३ गते शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजे बीसौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

गणपुरक संख्या नपुगेपछि बैंक यसअघि बैंकले पुस २५ गते, आइतबार हुने भनिएको सभा स्थगित भएको थियो भने माघ ३ गते, सोमबार बोलाइएको सभा समेत उच्च अदालत पाटनको आदेशले स्थगित भएको थियो । स्थगित भएको वार्षिक साधारण सभा बैंकले फागुन १३ गते फेरि बोलाएको हो ।

सभाले बैंक सञ्चालक समितिको गत मंसिर १२ गते, आइतबार सम्पन्न बैठकले गरेको प्रस्ताव बमोजिम गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

यसैगरी सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु तथा आर्थिक वर्ष २०७८/७९ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरी पारित हुनेछ ।