बैंकिङ्ग समाचार, काठमाडौं ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आइतवार (फागुन ८) गतेदेखि ५० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्ने भएको छ । कम्पनीले २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
हकप्रद शेयर निष्कासन बन्द मिति फागुन २९ गतेसम्म रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि कम्पनीले पुस ११ गते बुक क्लोज गरेको छ ।
यस आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. ५४ करोड ५९ लाख रहेको छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ८९ लाख पुग्नेछ ।
कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले 'इक्राएनपी आइआर सि' रेटिङ पाएको छ । यस्तो रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेको देखाउँछ ।
कम्पनीको विक्री प्रबन्धक बि.ओ.के क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयर एपबाट पनि उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया