आइएमई जनरल इन्स्योरेन्सको ७ प्रतिशत बोनस लाभांश प्रस्ताव

आइएमई जनरल इन्स्योरेन्सको ७ प्रतिशत बोनस लाभांश प्रस्ताव


बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को वितरण योग्य मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको फागुन ५ गते अपरान्ह ३:३० बजे बसेको संचालक समितिको ११२औं बैठकले ७ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीद्धारा प्रस्तावित लाभांश बीमा समितिको स्विकृती तथा कम्पनीको २४ औं बार्षिक साधारण सभाबाट अनुमोदन भए पश्चात लगानीकर्तालाई वितरण हुनेछ ।

कम्पनीले हाल कायम चुक्ता पूँजी एक अर्ब १५ करोड ७५ लाख ८६ हजार रूपैयाँको ७ प्रतिशतका दरले हुन आउने ८ करोड १० लाख ३१ हजार २० रुपैयाँ बरावरको वोनस शेयर एवं उक्त वोनस शेयरमा लाग्ने कर वापत चुक्ता पूंजीको ०।३७ प्रतिशतले हुन आउने रकम ४२ लाख ६४ हजार ७९० रूपैयाँ वितरण गर्नेछ ।