माछापुच्छ्रे बैंकको डेपुटी सीइओमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने नियुक्त, डिजिएममा अर्याल

माछापुच्छ्रे बैंकको डेपुटी सीइओमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने नियुक्त, डिजिएममा अर्याल

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
माछापुच्छ्रे बैंकले हालै बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा नायब  महाप्रबन्धक पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ ।

\"\"

सर्जुकुमार थापा

नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने दुवै जनाले दुई दशक भन्दा बढिको बैंकिङ्ग अनुभव संगालीसकेका छन् र माछापुच्छ्रे बैंकमै लामो समय सम्म उच्च व्यबस्थापन तहमा रही कुशल नेतृत्व, व्यवस्थापकिय दक्षता भएका थापा बहु बैंकिङ्ग ब्यवसाय र न्यौपाने संचालन तथा जोखिम व्यवस्थापनमा अव्वल मानिन्छन् ।

\"\"

विश्वम्भर न्यौपाने

त्यस्तै उप महाप्रबन्धक पदमा बढुवा भएका प्रसिद्धराज अर्यालले पनि बैंकिङ्ग क्षेत्रमा करिब दुई दशक जतिको अनुभव सगालेका छन् र अर्यालसंग क्रेडिट व्यवसाय, ट्रेजरी, ब्रान्च अपरेसन, माइक्रो फाइनान्स लगायतका क्षेत्रमा काम गरेको राम्रो अनुभव रहेको छ ।

\"\"

प्रसिद्धराज अर्याल

बैंकको बिस्तारित व्यवसाय, स्तरीय सक्षम व्यबस्थापन, कर्मचारीहरुको आकर्षक पारिश्रमिक, सुविधा, काम गर्ने मैत्रिपूर्ण वातावरण लगायतका मुख्य मापदण्डका तत्वहरुले गर्दा माछापुच्छ्रे बैंक बैंकिङ्ग क्षेत्रमा अव्वल, आकर्षक साथै अनुपालन बैंकको रुपमा समेत स्थापित बैंक मानिन्छ ।

बैंकले नेपाल राज्यभर उच्च सेवा सुविधाका साथ हाल १६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २०० एटिम र १५७ शाखारहित बैंकिङ्ग सुविधा मार्फत सेवा प्रदान गदै आईरहेको छ । र १५ सय भन्दा बढि कर्मचारीहरुलाई रोजगारी प्रदान गरिरहेको छ ।