निफ्रासहित तीन कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

निफ्रासहित तीन कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
आज बिहीवार तीन अलग अलग कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा), शाइन रेसुङ्गा  डेभलपमेण्ट बैंक र सिभिल बैंकको बोनस शेयर सूचीकृत भएको हो ।

निफ्राको १ करोड ६० लाख कित्ता, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ३७ लाख २५ हजार ४५१ दशमलव ०५२५ कित्ता र सिभिल बैंकको ४३ लाख २१ हजार ८३० दशमलव ४२ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

अब यो बोनस शेयर सम्बन्धित कम्पनीका शेयधनीको हितग्राही खातमा आएपछि खरीदविक्री गर्न सकिनेछ ।