आत्मनिर्भर लघुवित्तको दोस्रो त्रैमाससम्म ४२% ले बढ्यो नाफा

आत्मनिर्भर लघुवित्तको दोस्रो त्रैमाससम्म ४२% ले बढ्यो नाफा


बैंकिङ्ग समाचार, काठमाडौं ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासको वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४२ प्रतिशत वृद्धि भएको छ । 

कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ३ करोड ३६ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ४ करोड ७९ लाख पुगेको हो । चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । 

कम्पनीको चुक्तापूँजी रू. ४ करोड २० लाख रहेको छ भने जगेडामा रू. १५ करोड २१ लाख सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. २० करोड २ लाख सापटी लिएर, रू. २ करोड ५६ लाख निक्षेप संकलन गरी रू. १ अर्ब ३७ करोड कर्जा लगानी गरेको हो । 

सो अवधिमा कम्पनीले रू. ९ लाख ५३ हजार खराब कर्जा संकलन गरेको छ । त्यसैगरी, कम्पनीको पूँजीकोष पर्याप्तता १३ दशमलव ५९ प्रतिशत, निष्क्रिय कर्जा ४ दशमलव १ प्रतिशत र पूँजी कोष लागत रू. ७ दशमलव ४३ प्रतिशत रहेको छ ।