स्वस्तिक लघुवित्तको खुद नाफा ३५.४१% बढ्यो

स्वस्तिक लघुवित्तको खुद नाफा ३५.४१% बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ८६ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ६४ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष गत वर्षको सोही अवधिको भन्दा ३५ दशमलव ४१ प्रतिशत बढी खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको सञ्चालन नाफा गत वर्षभन्दा ४३ दशमलव ५२ प्रतिशत बढी रू. १ करोड ४ लाख भएको छ । 

गत वर्षभन्दा यस वर्ष १५ दशमलव २७ प्रतिशत बढी रू. ३३ लाख खराब कर्जा कम्पनीले उठाएको छ । कम्पनीको चुक्तापूँजी रू. ३ करोड ४६ लाख ५० हजार छ । 

गत वर्ष रू. ६८ लाखभन्दा बढी ऋणात्मक रहेको जगेडा कोष रकम यस वर्ष सुधारिएर रू. २ करोड ५१ लाखभन्दा बढी कायम भएको छ । कम्पनीले गत वर्षभन्दा ३९ दशमलव ५८ प्रतिशत बढी कर्जा सापटी लिएको छ भने ६० दशमलव ३४ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । कम्पनीले यस वर्ष रू. ४८ करोड १८ लाखभन्दा बढी कर्जा सापटी लिएको हो भने रू. ६८ करोड १ लाखभन्दा बढी कर्जा प्रवाह गरेको हो । 

निक्षेप संकलन भने गत वर्षभन्दा यस वर्ष ११७ दशमलव ७१ प्रतिशत बढी रू. १६ करोड ३८ लाख भएको छ । निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ५६ प्रतिशत रहेकोमा यस वर्ष घटेर १ दशमलव ५० प्रतिशतमा झरेको छ ।