धौलागिरी लघुवित्तले आईपीओ निष्काशन गर्दै, प्रभु क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

धौलागिरी लघुवित्तले आईपीओ निष्काशन गर्दै, प्रभु क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
धौलागिरी लघुवित्तले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने प्रकृया अगाडि बढाएको छ । लघुवित्तले सर्वसाधारणको लागि ३ लाख ३१ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

लघुवित्तले आईपीओ निष्काशनको लागि बुधबार प्रभु क्यापिटललाई नियुक्त गरेको छ । सम्झौतामा धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहरा तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । 

धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । प्रधान कार्यालय बागलुङ्ग जिल्लाको बागलुङ्ग नगरपालिका वार्ड नं. २, श्री नगर टोलमा अवस्थित यस संस्थाले २०७५ फाल्गुण १ देखि वित्तिय कारोबार गर्दै आइरहेको छ । हाल यस संस्थाले २० जिल्लामा ४६ वटा शाखामार्फत करिब ३४,५०० सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।