राष्ट्र बैंकले ट्रेजरी बिल्स खरिदमार्फत बैंक तथा वित्तीय प्रणालीमा ३० अर्ब पठाउदै

राष्ट्र बैंकले ट्रेजरी बिल्स खरिदमार्फत बैंक तथा वित्तीय प्रणालीमा ३० अर्ब पठाउदै


बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक तथा वित्तीय प्रणालीमा नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ पठाउन लागेको छ । नेपाल राष्ट्र बैंकले ३० अर्बको नेपाल सरकारका ट्रेजरी बिल्स सोझै खरिद गर्ने भएको हो । केन्द्रीय बैंक मौद्रिक व्यवस्थापन विभागका अनुसार २०७९ असार मसान्तसम्म भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्स सोझै खरिद गर्न लागेको हो ।

राष्ट्र बैंकले आगामी असार मसान्तसम्मका लागि ३० अर्ब रुपैयाँ उपलब्ध गराउने भएको हो । राष्ट्र बैंकले २०७९ असार मसान्तसम्मका लागि ट्रेजरी बिल खरीद मार्फत  बैंक तथा वित्तीय संस्थाहरुलाई अतिरिक्त तरलता उपलब्ध गराइदिन लागेको छ ।

बैंकहरुले ग्राहकलाई ऋण नदिइ खाली हात फर्काउन थालेपछि राष्ट्र बैंक अगाडि सरेर ३० अर्ब रुपैयाँ उपलब्ध गराउन लागेको हो । आउट राइट पर्चेजका लागि बैंकहरुले ब्याज बोलकबोल गरेर बिहीबार प्रतिस्पर्धा गर्नु पर्ने छ । राष्ट्र बैंकले आज अर्थात फागुन ५ गते बिहीबार ३० अर्बको उक्त ट्रेजरी बिल्स बोलकबोल गर्ने भएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट बोलकबोल गर्न सक्नेछन् । ट्रेजरी बिल्सको खरिद मिति फागुन ६ गते शुक्रबार तोकिएको छ ।