बैंक अफ काठमाण्डूले छिमेक लघुवित्त र आरएमडीसी लघुवित्तको संस्थापक शेयर लिलाम विक्री गर्दै

बैंक अफ काठमाण्डूले छिमेक लघुवित्त र आरएमडीसी लघुवित्तको संस्थापक शेयर लिलाम विक्री गर्दै


बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको दुई कम्पनीको संस्थापक शेयर फागुन ५ गते बिहीवारदेखि लिलामीमा आएको छ । बैंकको स्वामित्वको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर लिलामीमा आएको हो ।

छिमेक लघुवित्तले ६ लाख ६ हजार १४० कित्ता र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ४९ हजार ८०० कित्ता संस्थापक शेयर चैत ९ गतेसम्मका लागि लिलामीमा ल्याएका हुन । दुबै कम्पनीको यी शेयर सम्बन्धीत कम्पनीको विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउनेछन् । 

छिमेक लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता रू. ६०० र आरएमडीसी लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता रू. ५४० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यी शेयर खरिदका लागि न्यूनतम २ हजारकित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । दुबै कम्पनीको शेयर विक्री प्रबन्धकमा बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड रहेको छ ।