मेरो माइक्रोफाइनान्स र महिला लघुवित्तको बोनस आयो शेयरधनीको हितग्राही खातामा

मेरो माइक्रोफाइनान्स र महिला लघुवित्तको बोनस आयो शेयरधनीको हितग्राही खातामा


बैंकिङ्ग समाचार, काठमाडौं ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा पठाएको छ । मेरो माइक्रोफाइनान्सले २० प्रतिशत बोनस शेयर र महिला लघुवित्तले ४७.५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको खातामा पठाएको हो ।

मेरो माइक्रोफाइनान्सले नवौँ वार्षिक साधारण सभा प्रयोजनार्थ बुकक्लोज हुँदा अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुको खातामा बोनस शेयर जम्मा गरेको हो । गत मंसिर २४ गते सम्पन्न माइक्रोफाइनान्सको वार्षिक साधारण सभाले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

माइक्रोफाइनान्सले साधारण सभा प्रयोजनार्थ मांसिर ९ गतेदेखि २४ गतेसम्म बुकक्लोज गरेको थियो। यस अनुसार मंसिर ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुको खातामा सो शेयर जम्मा गरिएको हो ।

त्यसैगरी, महिला लघुवित्तको चौथौँ वार्षिक साधारण सभा प्रयोजनको लागि बुकक्लोज हुँदा अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुको खातामा बोनस शेयर पठाएको हो । गत पुस २२ गते सम्पन्न लघुवित्तको वार्षिक साधारण सभाले ४७.५ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

लघुवित्तले साधारण सभा प्रयोजनार्थ मंसिर १६ गते एक दिनका लागि बुकक्लोज गरेको थियो । यस अनुसार मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुको खातामा सो शेयर जम्मा गरेको हो ।