स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । 

कम्पनीको ८५ लाख ७२ हजार २३० दशमलव ८१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।अव यो शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएपछि खरीदविक्री गर्न सकिने छ । कम्पनीले मंसिर २८ गते सम्पन्न वार्षिक साधरण सभाबाट पारित गरेको १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।