बुधबार नेप्से सूचकांक र कारोबार दुबै घट्यो

बुधबार नेप्से सूचकांक र कारोबार दुबै घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साता कारोबारको चौथो दिन आज बुधबार दोहोर अंकको गिरावट भएर बन्द भएको छ । आज नेप्से सूचकांक १९.८४ विन्दुले घटेर २७३४.४४ अंकमा आइपुगेको छ । हिजो मङ्गलबार नेप्से ५३.३० अंकले बढेर दुई हजार सात सय ५४ दशमलब २८ विन्दुमा पुगेको थियो  । त्यस्तै, आज नेप्से घटेसँगै कारोबार रकम भने बढ्न सकेको छैन । आज ३ अर्ब २ करोड ६३ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । मङ्गलबार ३ अर्ब २३ करोड ३३ लाख बराबरको कारोबार भएको थियो ।  
 
नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा अन्यको भन्दा केहि  वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीहरुमा गुँरास लघुवित्त र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन । त्यस्तै, आज बुद्धभूमि नेपाल हाइड्रोपावरको र मैलुङ खोला जलविद्युतको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।

 यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर लिमिटेडको भएको छ । यस कम्पनीको आज २१ करोड १४ लाख भन्दा बढीको कारोबार भएको छ । बुधबार अधिकांश नेप्से उपसूचकांकहरुमा उच्च गिरावट देखिएको छ ।