एनएमबि बैंक र रेमिट हाइड्रो बीच परियोजना लगानी समझदारी पत्रमा हस्ताक्षर

एनएमबि बैंक र रेमिट हाइड्रो बीच परियोजना लगानी समझदारी पत्रमा हस्ताक्षर


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि बैंक र रेमिट हाइड्रो बीच ७७.५ मेगावाट क्षमताको ताप्लेजुङ्गमा अवस्थित घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । जनताको जलविद्युत कार्यक्रममा समावेश भएको घुन्सा खोला जलविद्युत आयोजना रेमिट हाइड्रोद्धारा प्रवर्दित आयोजना हो ।

रेमिट हाइड्रोको मुख्य लगानीकर्ताहरुमा हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि. तथा रेमिट्यान्सकर्ताहरु रहने छन् । एनएमबि बैंकले समझदारी पत्रमा हस्ताक्षर पश्चात अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई समेत सामेल गराई सह—वित्तीयकरण गठन गरी अयोजनाको वित्तीय व्यवस्थापन गरिनेछ । घुन्सा खोला जलविद्युत आयोजनाको कुल लागत रु.१८ अर्ब २५ करोड रहने जानकारी गराईएको छ । एनएमबि बैंकले हालसम्म ४६ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।  
 
नेपाल राष्ट्र बैंकबाट जारी इन्भाइरोमेन्टल एण्ड सोसियल सिक्स म्यानेजमेन्ट, २०२२ को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति (इन्भाइरमेन्टल एण्ड सोसियल पोलिसी) तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली (इन्भाइरोमेन्टल एण्ड सोसियल म्यानेजमेन्ट सिस्टम) लागु गरिसकेको छ । 
 
एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी  ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको छ । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा गरि उक्त पत्रिकाबाट चार पटक नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ पनि  प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।