कुमारी बैंकको संस्थापक शेयर आजदेखि लिलामीमा 

कुमारी बैंकको संस्थापक शेयर आजदेखि लिलामीमा 


बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंकको संस्थापक शेयर आज (बुधवार)देखि लिलामीमा आएको छ । बैंकको १० हजार ७९६ कित्ता संस्थापक शेयर विक्रीमा आएको हो । 

यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सूचना बुधवार जारी गरेको हो । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयधनीहरुको तर्फबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री प्रकृया अघि बढाइने जानकारी कम्पनीले दिएको छ । 

इच्छुक शेयरधनीहरुले कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ ।