नेप्सेमा आज ५३.३० अंकको उच्च वृद्धि

नेप्सेमा आज ५३.३० अंकको उच्च वृद्धि


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ५३.३० अंकले बढेर दुई हजार सात सय ५४ दशमलब २८ विन्दुमा पुगेको हो । त्यस्तै, आज नेप्से बढेपनि कारोबार रकम भने बढ्न सकेको छैन । आज ३ अर्ब २३ करोड ३३ लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीहरुमा न्यादी हाइड्रोपावर कम्पनी र तेह्रथुम पावर कम्पनी रहेको छ । आज न्यादी हाइड्रोको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४८९.५० रुपैयाँ पुगेको छ भने तेह्रथुम पावरको शेयरमूल्य ८.७० प्रतिशतले बढेर प्रतिकित्ता ६ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज एनआइसी एसिया ब्यालेन्स फण्डको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको आज २२ करोड ७७ लाख भन्दा बढीको कारोबार भएको छ ।