नेपाल इन्भेष्टमेण्ट बैंकसहित ४ ओटा कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल इन्भेष्टमेण्ट बैंकसहित ४ ओटा कम्पनीको बोनस शेयर सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलवार चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंक, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, महिला लघुवित्त वित्तीय संस्था र सिभिल लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । 

नेपाल इन्भेष्टमेण्ट बैंकको २ करोड ५ लाख २ हजार ११८ दशमलव २३ कित्ता, मेरो माइक्रोफाइनान्सको २० लाख कित्ता, महिला लघुवित्तको ४ लाख ७५ हजार कित्ता र सिभिल लघुवित्त वित्तीय संस्थाको ४ लाख ६० हजार ३० दशमलव ६२१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । 

नेपाल इन्भेष्टमेण्ट बैंकले मंसिर १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ६११ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी मेरो माइक्रोफाइनान्सले मंसिर २४ गते सम्पन्न साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर, महिला लघुवित्त वित्तीय संस्थाले मंसिर २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र सिभिल लघुवित्त वित्तीय संस्थाले कात्तिक १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।