कनेक्ट आईपीएसबाट हुने कारोबार पुस महिनामा २ खर्ब ४७ अर्ब पुग्यो, डिजिटल वालेटबाट १६ अर्ब २७ करोडको कारोबार

कनेक्ट आईपीएसबाट हुने कारोबार पुस महिनामा २ खर्ब ४७ अर्ब पुग्यो, डिजिटल वालेटबाट १६ अर्ब २७ करोडको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
पुस महिनामा कनेक्ट आईपीएस मार्फत करिब साढे २ खर्बको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पुस महिनामा कनेक्ट आईपीएस मार्फत २ खर्ब ४७ अर्बको कारोबार भएको हो । मङ्सिर  महिनामा कनेक्ट आईपीएस मार्फत २ खर्ब २८ अर्बको कारोबार भएको थियो । 

राष्ट्र बैंकका अनुसार पुस महिनासम्ममा  कनेक्ट आईपीएसका ग्राहक ७ लाख ६४ हजार पुगेका छन् । मङ्सिर महिनामा यो संख्यामा ७ लाख ४० हजार थियो । 

त्यस्तै पुसमा डिजिटल वालेटमार्फत १६ अर्ब २७ करोडको कारोबार भएको छ । मङ्सिर महिनामा यो रकम १५ अर्ब ५२ करोड रहेको थियो । क्युआर कोड मार्फत भने पुसमा ६ अर्ब ५२ करोडको कारोबार भएको छ । मङ्सिरमा क्युआर कोड मार्फत ६ अर्ब २८ करोडको कारोबार भएको थियो । 

पुस महिनामा एटिएम मार्फत हुने कारोबार पनि बढेको छ । मङ्सिरमा एटिएमबाट ५९ अर्ब ९० करोड नगद निकालिएकोमा पुसमा भने ६९ अर्ब २९ करोड नगद निकालिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।